#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32411415987742749826723925406
नेपाल693014531843750411

कालोबजारी रोक्न व्यवसायीको माग

पोखरा ।
पश्चिमाञ्चल होटल संघ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीसँग माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचन नेतृत्वको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै त्यस्तो माग गरेको हो ।

कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभावका सम्बन्धमा सदस्य होटल सञ्चालकबीचको छलफल तथा अन्तर्क्रियामा मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्नुपर्नेमा जोड दिएको छ ।

सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० सुरु भइरहेको समयमा विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखापरेको भाइरसका कारण होटल तथा पर्यटन उद्योगमा असर पुग्न गई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज एवं होटलमा कार्यरत कर्मचारीको पारिश्रमिकसमेत भुक्तानी गर्न सक्ने अवस्था नभएको ध्यानाकर्षणपत्रमार्फत उल्लेख गरीएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार