राजनीतिक दलमा आवद्ध भए एनआरएनए चल्दैनः पूर्वपरराष्ट्रमन्त्री खड्का

राजनीतिक दलमा आवद्ध भए एनआरएनए चल्दैनः पूर्वपरराष्ट्रमन्त्री खड्का


पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई कुनैपनि राजनीतिक पार्टीसँग आवद्ध नहुन आग्रह गरेका छन् । 

आइतबार विजया दशमीको अवसरमा आयोजित गैरआवासीय नेपाली संस्कृति र लगानी संवाद तथा चियापान कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री खड्काले नेपाली राजनीतिमा हरेक क्षेत्रमा राजनीतिकरण बढी मात्रामा भएको बताएका हुन् । 

उनले भने, ‘एनआएनहरुलाई मेरो आग्रह तपाईहरु कुनै पनि राजनीतिक दलसँग आवद्ध नभइदिनुस् । नेपालमा हरेक क्षेत्रमा राजनीति छ । यसले गर्दा विकृति विसंगति बढेको छ । यहाँको राजनीतिक दलसँग आवद्ध भएर चल्नु भयो भने एनआरएन चल्दैन ।’

पूर्वपरराष्ट्रमन्त्री खड्काले विदेशिनेको संख्या बढ्दो क्रममा देखिएको र नेपालप्रतिको एनआरएनको सद्भाव रहेको बताए ।

Logo