#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32103736982042743629523685399
नेपाल678044361741449954

सिनेमा हल, जीम र डान्सबार बन्द गर्ने सरकारको निर्णय

file photo

काठमाडौं ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) नियन्त्रणका लागि सरकारले भिडभाड हुने ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस (कोभिड- १९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौं बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, डान्सबार, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जनस्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसको अनुगमनका लागि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ । निर्णयको १३ नं. बुँदामा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सरसफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ । अत्यावश्यक कामका बाहेक आवतजावत र हिंडडुल नगर्न पनि सरकारले आग्रह गरेको छ । सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको हो ।

यस सम्बन्धी सूचना गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गरि कार्य विभाजन गरिएको छ ।

बैठकले सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसार पसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । साथै सर्वसाधरण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्दै नेपाल प्रहरीलाई सार्वजनिक यातायातको अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

समितिले सार्वजनिक महत्व र मानिसहरु बढी जमघट हुने स्थानहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्न भनेको छ । सार्वजनिक यातायातका सवारी धनीलाई पनि यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारी साधनलाई डिसइन्फेक्सन गर्न लगाउन भनिएको छ ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार