#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32982743996636764957924336528
नेपाल718214671834153013

दैनिक उपभोग्य बस्तुमा चरम कालोबजारी, उपभोक्ता मारमा

  • अनिस मिजार-

काठमाडौं । मुलुकमा संकट परेका बेला व्यवसायीहरुले मौका छोपी कालोबजारी गर्ने क्रम तीब्र रुपमा बढेको छ ।

यहिबेला व्यावसायीहरूले दैनिक उपभोग्य वस्तुहरुमा चर्काे मुल्य असुली गरिरहेका छन् । खाद्यान्न तथा ग्यास आयात बन्द हुने हल्ला फैलाएर कृतिम अभाव सिर्जना गरी उद्योगी÷व्यापारीहरुले चर्काे रुपमा कालोबजारी गरिरहेका छन् । अहिले उपत्यका लगायत सहरी क्षेत्रमा दैनिक उपभोग्य बस्तु नुन,दाल,चामल,खाद्यान देखि ग्यास तथा पेट्रोलियम पदार्थ र औषधीका सामाग्री तथा मास्क अभाव र्सिजना गरी कालोबजारीलाई गरिहेका छन ।

संकटमा परेको मौका छोपेर चाँडै धेरै नाफा कमाउने उदेश्यले कालोबजारी गर्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताए । उनले भने,‘ दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन, तेल, तरकारी, फलफूल, औषधिमा व्यापक कालोबजारी बढ्दै गएको छ ।

अहिले दैनिक उपभोग्य वस्तु नुनदेखि ग्यास किन्ने उपभोक्ताको पसल तथा डिपोमा भिड लाग्न थालेको छ । भिड लागे पनि बजारमा ग्यासको अभाव भएको भन्दै व्यापारीले ग्यास दिन नमानेको सर्वसाधरणको गुनासो छ ।

सरकारले पटक पटक कुनै पनि समान अभाव नहुने र आयात पनि रोकिने सम्भावना नरहेका बताउँदै आएको छ । तर उपभोक्ताहरू सरकारको भनाइलाई व्यवास्ता गर्दै खाद्यान्न र ग्यास आयात रोकिने र घरमा चुलो बाल्न नाकाबन्दीको जस्तै कठिन अवस्था आउने भन्दै खाद्यान्न तथा ग्यासका सिलिन्डर थुर्पान थालेका छन । यसले गर्दा व्यापारीले मौका छोपी कालोबजारी बढेको छ ।

नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ । मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ । बजारमा तिब्र रुपमा कालो बजारी बढेपछि सरकारले अनुगमनलाई तिव्र बनाएको छ । सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको भन्द्र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

कालोबजारी विरुद्ध प्रहरी पनि कठोर

कालोबजारीविरुद्ध नेपाल प्रहरी कडाईका अगाडि बढ्ने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले बताए । ‘कालो बजारी गर्ने व्यापारीविरुद्ध प्रहरीले निर्दयी भएर अगाडि बढ्छ ।’

यसैबीच कोरोना भाइरसको प्रभावको त्रास फैलाउँदै ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मङगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ललितपुरको टीका भैरवमा रहेका सत्याल एण्ड किराना पसलमा अनुगमन गर्दा पसललाई कारवाही गरिएको हो ।

त्यस्तै,इन्धन भण्डारण गरेर राखेको भन्दै मैतीदेवी पेट्रोल पम्प र सत्याल किराना पसललाई मंगलबार २/२ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ । आज पनि सरकारका १० अनुगमन टोलीले बजार अनुगमन गरिरहेका छन् ।

सम्बन्धित समाचारहरु