#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1455955836661062464309825
नेपाल9081

रेमिट्यासमा भारी गिरावटदेखि यौनहिंसाको आरोपसम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं । आजका प्रमुख समाचारहरु मध्येपूर्व शिक्षामन्त्री तथा नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवका पति डा. श्रीकृष्ण यादवमाथि आफ्नै बुहारीले यौनहिंसाको गम्भिर आरोप लगाएकी छिन् । बुहारी रानी यादवले आफू ससुराबाटै पाँच बर्षदेखि यौनहिंसा खेप्दै आएको भन्दै सामाजिक संजालमार्फत त्यस्तो आरोप लगाएकी हुन् ।

त्यस्तै विश्वभर कोरोना भाइरसले आतंक मच्चाइरहेको समयमा नेपालमा क्वारेन्टाइन बनाउन आवश्यक घर उपल्ब्ध गराउने दुई युवाले घोषणा गरेका छन् । चिराग गोयल र कुलेश्वरका लालचन्द्र गौतमले निःशुल्क घर उपलब्ध गराउने घोषणा गरेका हुन् ।

चालु आर्थिक वर्षको माघसम्म रेमिट्यास आयातमा भारी गिरावट आएको छ । माघसम्म विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको हो ।
देशमा वर्षेनी टिपर दुर्घटना बढ्दै गएको छ । चालू आर्थिक वर्षमा मात्रै १ हजार ४ सय ७२ दुर्घटना भएका छन् ।

त्यस्तैगरी नेपाली सेनाले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तीव्र पारेको छ । सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तालिम दिँदै तयारी गरेको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार