#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30971368960705744302222567641
नेपाल627974011712945267

सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाबीचको मनमुटाव सतहमा

काठमाडौं ।
प्रतिनिधी सभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् ।

सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ । अध्यक्ष तिमिल्सिनाले सो बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएर असन्तुष्टि जनाए । उनले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएको बताइएको छ ।

‘अध्यक्षज्यूले कार्यवाहक महासचिवको विषयमा सरसल्लाह भएन भनेर भन्नुभयो,’ राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन् । अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापति नआउने भएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गरेका छन् ।

सभामुख सापकोटाले २ चैतमा प्रतिनिधिसभाका सचिव योगीलाई ‘संघीय संसद्को महासचिव भई कामकाज गर्न तोकेको’ पत्र दिएका थिए । सो पत्रमा ‘राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यवाहक तोकिएको’ भन्ने उल्लेख थियो ।

आफूसँग परामर्श नगरी, पत्रमा गरेको भनेकामा तिमिल्सिनाले सभामुख सापकोटासँग आपत्ति जनाएका हुन् । योगीलाई कार्यवाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।

‘सभामुख सापकोटासँगको भेटमा अध्यक्षज्यूले आफूसँग परामर्श नगरी योगीलाई कार्यवाहक तोकिएकामा आपत्ति जनाउनुभयो,’ अध्यक्ष तिमिल्सिना निकट स्रोतले भन्यो ।

स्रोतका अनुसार अध्यक्ष तिमिल्सिनाले महासचिवको योग्यतामा उल्लेख भएको उमेरको विषय र कानुनी प्रश्न हेर्न मात्रै भनेका थिए । योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्वमाओवादीले सिफारिस गरेको थियो । संघीय संसद्को महासचिव र सचिवको नियुक्ति तथा योग्यता सम्बन्धी कानुनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ । योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ । पूर्वएमालेको सिफारिसमा राष्ट्रिय सभा सचिव बनेका राजेन्द्र फुयाँल पनि ४५ वर्ष पुगेका छैनन् । उनी अहिले ४१ वर्षका मात्र छन् ।राजधानीबाट

सम्बन्धित समाचारहरु