त्रिकोणात्मक टि२० सिरिजका लागि नेपाली टोलीको घोषणा, सन्दीप परेनन्

त्रिकोणात्मक टि२० सिरिजका लागि नेपाली टोलीको घोषणा, सन्दीप परेनन्


नेपाल, युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टि२० सिरिजका लागि   नेपाल क्रिकेट संघ (क्यान)ले टोली घोषणा गरेको छ । 

क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा विवेक यादव, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकालले स्थान बनाउँदा नेपालका मुख्य खेलाडी सन्दीप लामिछाने भने परेका छैनन् । उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए। 

नेपालले सिरिजको पहिलो खेल कात्तिक १ गते युएईसँग खेल्नेछ । त्यस्तै,  दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ । सिरिजको लिग चरणका खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।  

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि उक्त त्रिकोणात्मक सिरिज हुन लागेको हो । हाल नेपाली क्रिकेट टोली आइपिएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा प्रशिक्षण गरिरहेको छ । 

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टाेली-

रोहित पाैडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल ।

Logo