मुख्यमन्त्री कार्कीकाे निर्देशन- स्थायी सरकार बन्यो, अब जनतालाई केन्द्रमा राखेर काम गर्नुस्

मुख्यमन्त्री कार्कीकाे निर्देशन- स्थायी सरकार बन्यो, अब जनतालाई केन्द्रमा राखेर काम गर्नुस्


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने बताएका हुन् । उनले भने, ‘अब स्थायी सरकार बनेको छ । तपाईंहरु ढुक्क भए काम गर्नुहोस् । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताको भएर काम गर्नुपर्छ ।’

मुख्यमन्त्री कार्कीले सुशासन दिन सरकारले सम्झौता नगर्ने बताउँदै जनतालाई शासन होइन सेवा दिन राजनीतिकर्मी र कर्मचारी उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । 

मन्त्रीसँगै जनताले कर्मचारीलाई पनि गाली गर्छन् भन्दै मन्त्रीले कर्मचारी र कर्मचारीले नेतालाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । ‘मन्त्रीलाई पनि जिम्मेवार बनाउनु पर्छ । अब सुन्ने मात्र होइन निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ,’ उनले भने, ‘आफूले गरेको काम सन्तुष्ट हुने गरी गर्नुहोस । जनतलााई खुसी बनाउन सहकार्य गरौं ।’

Logo