काठमाडौँको साेल्टीमाेडमा बीवाईडीको नयाँ शोरुम

काठमाडौँको साेल्टीमाेडमा बीवाईडीको नयाँ शोरुम


बीवाईडी अटाे प्रालिको नेपालका लागि आधिकारिक वितरक साईमेक्स ईं. प्रालिले काठमाडौँमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ। 

बीवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्‍याउने लक्ष्यसहित घटस्थापनाका दिन काठमाडौँको साेल्टीमाेडमा भव्य समारोहका बिच यो नयाँ बिक्री केन्द्रको उद्घाटन गरिएको हो।

बीवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ र छिट्टै अन्य स्थानमा पनि बिस्तारको योजनामा रहेको कम्पनीले जनाएको छ। 

उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्तले उपस्थिति जनाउँदै नयाँ शोरुम र टिमलाई शुभकामना व्यक्त गरे ।

त्यसैगरी, साईमेक्स कम्पनी प्रा. लि.का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शाेरुमले उल्लेखनीय भूमिका खेल्ने भन्दै आफ्नो उत्साह व्यक्त गरिन्।

Logo