आजबाट एनआरएनए महाधिवेसन, बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

आजबाट एनआरएनए महाधिवेसन, बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा


गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ। होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेसनको उद्घाटन हुँदैछ। प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ।

यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्।

अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन्। एनआरएनएको यस महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ।

Logo