#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30864890958792743945622466642
नेपाल627974011712945267

फिफा क्लब विश्वकपको छनोट खेल स्थगित

काठमाडौं ।
चीनमा सन् २०२१ मा हुने फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको छनोट खेल स्थगित भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नयाँ ढाँचाको फिफा क्लब विश्वकप स्थगित गरिएको फिफाले जनाएको छ । पहिलो पटक २४ टिम सहभागी हुने भनिएको फिफा क्लब विश्वकप छनोट खेल जुन १७ देखि जुलाई ४ सम्म तय भएको थियो ।

तर अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण विश्वकप स्थगित भएको हो । फिफाले क्लब विश्वकपको नयाँ मिति कोरोनाको प्रकोपको परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरु