इजरायलमा रहेका थप १९ नेपालीको उद्धार

इजरायलमा रहेका थप १९ नेपालीको उद्धार


इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीको सरकारले उद्धार गरेको छ ।

मंगलबार परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको तेलअभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन् । उनले भने,‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ।’

मन्त्रालयले स्थानीय समय अनुसार तेलअभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक स्वदेश फर्कने जानकारी दिएको हो । 

मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित नेपाली राजदूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने बताए । नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलालीसम्म पुर्याउने भएको छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । 

यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु-

  • नन्दसिंह भुल
  • सुजेन्द्र खड्का
  • प्रतिभा रौनियार
  • अनुमा डंगोल
  • हिना खाँण
  • आतिस गुरुङ
  • जुनु गुरुङ
  • मौसमी पाख्रिन
  • प्रतिमा तिम्सिना
  • राजकुमार मानन्धर
  • संगीता दुलाल
  • उर्मिला रावल
  • ममता थापा
  • दिलकुमारी अधिकारी कार्की
  • निश्चल श्रेष्ठ
  • समिता बस्नेत
  • अम्बिका सुवेदी
  • सिरता गुरुङ
  • उर्मिला श्रेष्ठ

Logo