पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न

पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न


नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ।

गत असोज २७ गते पोखरा शोरुम (बतास ब्रदर्स)देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो। माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज र्यालीजस्ता विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। 

उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्ज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए। आयोजकले माइलेजका विजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो।

उक्त माइलेज टेस्ट एनओजी राइडमा राइडरहरुबीच विभिन्न खेलहरु खेलाइएको थियो। साथै, सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र र उपहारहरु पनि प्रदान गरिएको थियो।

करिब ५० जना राइडर सहभागी भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। यसका साथै उक्त राइडमा प्राबिधिक टिमले सडक सुरक्षाका बारेमा विभिन्न जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाका विषयमा जानकारी पनि प्रदान गरिएको थियो।

Logo