#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31713274973590746696023272724
नेपाल666324291814248061

भोलिदेखि राजधानीका पाँच स्थानमा सरकारी सुपथ मूल्य पसल संचालन हुने

काठमाडौं ।

कोरोना संक्रमणका कारण खाद्यान्नको आयात कम भएको भन्दै सरकारले नै खाद्यान्न विक्री गर्ने भएको छ ।

व्यापारीहरुले चरम कालोबजारी गरेका कारण बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन सरकारले विभिन्न पाँच स्थानबाट दैनिक उपभोग्य वस्तुहरु विक्रि गर्न लागेको हो । बजारमा कालोबजारी बढेपछि सहुलियत दरका खाद्यान्न उपलब्ध गराउन लागेको नियमित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका हुन् । सो पत्रकार सम्मेलनमा मन्त्री भट्टले आयात नियमित रुपमा भएपनि उपभोक्ताले आवश्यकता भन्दा बढी खरिद गरिरहेकाले अभाव देखिएको बताए । उपत्यकामा समस्या देखिए पनि उपत्यका बाहिर त्यति समस्या नदेखिएको उनको भनाइ थियो ।

अहिले व्यापारीहरुले दैनिक उपभोग्य वस्तु दाल, चामल, खानेतेल, ग्याँस, मास्क तथा तरकारी लगायतका वस्तुमा चर्काे कालोबजारी गरिरहेका छन् । सरकारसँग ६ महिनालाई पुग्ने खाद्यान्न, ८ महिनालाई पुग्ने औषधी, १० महिनालाई पुग्ने नुन तथा ३ महिनालाई पुग्ने चिनीको मौज्याद रहेको मन्त्री भट्टले बताए ।

सम्बन्धित समाचारहरु