#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32408504987724749580323924977
नेपाल693014531843750411

कोरोना प्रभाव : धमाधम बन्द हुँदै तारे होटलहरु

काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी पर्यटन व्यवसाय मारमा परेको छ । यतिबेला मुलुकका साना रेष्टुरेन्टदेखि ठूला तारे होटलसम्म बन्द हुन थालेका छन् ।

कोरोना प्रभाव बढेपछि बुकिङ भएका होटलहरु पनि धमाधम रद्ध हुन थालेपछि खाली र स्ुनसान भएका होटलहरु बन्द हुन थालेका हुन् । अहिले ६० प्रतिशत भन्दा बढी होटल बुकिङ रद्ध भएको होटल एसोसिएनकी अध्यक्ष सिर्जना राणाले बताइन् ।

यतिबेला पाँच तारे होटल हायात बन्द हुने भएको छ । सो होटल आगामी डेढ महिना सम्मका लागि बन्द गर्न लागिएको होटल व्यवस्थापनले जनाएको छ । त्यस्तै, अर्काे पाँच तारे होटल सोल्टीले र होटल द्वारिकाजले पनि आफ्नो सेवा बन्द गरिसकेका छन् ।

अन्य होटल तथा रेष्टुरेन्टहरुले पनि आइतबारसम्म सेवा बन्द गर्ने जनाएका छन् । होटल याक एण्ड यति, अन्नपूर्ण तथा र्‍याडिसनले पनि व्यवसाय बन्द गर्ने तयारी गरिरहेका छन् । सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नहुन निर्देशन दिएपछि होटल व्यवसाय धमाधम बन्द गर्न लागिएको हो ।

सरकारले भोलि (शुक्रबार) लागू हुने गरी सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जनस्थल लगायतका सार्वजनिक स्थलहरु बन्द गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार