बेलबारी गोल्डकपः बिग्रेड ब्वाइज सेमिफाइनलमा

बेलबारी गोल्डकपः बिग्रेड ब्वाइज सेमिफाइनलमा


बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलबार ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए। अन्तिममा खेलको छिनोफानो पेनाल्टी सुट आउटका आधारमा गरिएको थियो।

पेनाल्टीमा ५-४ गालले नतिजा ब्रिगेड ब्वाइजको पक्षमा गएको थियो। बिग्रेडका कुशल देउवाले पाँचौ गोल गरेका थिए। प्रतियोगिताको म्यान अफ दी म्याच बिग्रेडका गोलकिपर विशाल सुनार घोषित भए।

यसअघि आयोजक डाँगीहाट युथ क्लब र सलहेस युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन्। डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन्।

आज झापाको बिर्तामोड युथ क्लब र चर्च ब्वाइज क्लब, काठमाडौँबीच खेल हुनेछ। प्रतियोगिताको विजेताले रु आठ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।

Logo