कोसीका मुख्यमन्त्री कार्कीलाई जसपा र राप्रपाले विश्वासको मत नदिने

कोसीका मुख्यमन्त्री कार्कीलाई जसपा र राप्रपाले विश्वासको मत नदिने


कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन्। उनले आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र काँग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई राप्रपा र जसपाबाहेकका सबै दलले मत दिने भएका छन्।

कार्कीले ९३ मध्ये ८५ सांसदको विश्वास छ भन्ने मत प्राप्त गर्नेछन्। नेपाली काँग्रेसका सबै सांसदलाई पक्षमा मत हाल्न पार्टीको केन्द्रीय समितिले पत्राचार गरेको छ। काँग्रेसका २९ सांसद छन्।

नेकपा एमालेका ३९ सांसदले पनि कार्कीको पक्षमा मत हाल्ने कोशी प्रदेश प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिएका छन्। माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने भएको छ। पार्टीको प्रदेश कमिटीले यसबारे निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए। माओवादी केन्द्रसँग १३ सांसद छन्।

नेकपा एकीकृत समाजवादीले पनि कार्कीलाई मत दिने भएको छ। समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले यसबारे छलफल भएको बताए। समाजवादीका ४ सांसद छन्।

राप्रपाले भने कार्कीलाई मत नदिने भएको छ। यसअघि नै बसेको राप्रपाको बैठकले कोसी सरकारबारे तटस्थ बस्ने निर्णय गरिसकेको छ। कोसी प्रदेशसभामा राप्रपाका ६ सांसद छन्। यता १ सांसद भएको जसपाले पनि मत नदिने भएको छ।

Logo