एमाले मधेश अधिवेशनको वैधतामाथी उठ्याे प्रश्न, मधेस अध्यक्ष भन्छन्- ‘असन्तुष्टलाई सम्बाेधन गरिने छ’

एमाले मधेश अधिवेशनको वैधतामाथी उठ्याे प्रश्न, मधेस अध्यक्ष भन्छन्- ‘असन्तुष्टलाई सम्बाेधन गरिने छ’


नेकपा एमाले मधेश प्रदेश अधिवेशनको वैधतामाथी प्रश्न नै प्रश्न उठन थालेकाे छ। गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन्।

घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिववाहेक अन्य सदस्यहरुमा आफूखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिए पछि साे अधिवेसनकाे बैधानिकतामाथी प्रश्न उठाइएकाे हाे। जिम्मेवार नेता र सदस्यहरुले वैधतामाथी प्रश्न उठाएपछी मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ।

‘न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरुलाई सहभागी गराईएको छ,’ एक जना पूर्व मधेश प्रदेश कमिटी सदस्यले भने,‘सबैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुन्ने अवस्था देखा परेकाे छ।’ 

पाटीभित्रका इमान्दार र जिम्मेवार नेताहरुलाई पाखा लगाई शिर्ष नेताहरुको नजिक र चाप्लुसी गर्नेलाई मात्रै कमिटीमा ल्याएको प्रदेशस्तरिय नेताहरुको आरोप छ । ‘यसले पाटीलाई बलियो वनाउनुको सट्टा थप कमजोर वनाउन सक्छ,’ अर्का नेताले भने, ‘पाटीमा कुनै योगदान नै नभएकाहरुलाई सर्वसम्मतको नाम दिएर आफुखुसी गर्नुलाई कसरी मान्नु र ?’ 

तर अधिवेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिबेशन सम्पन्न भएको दावी गरेका छन्। उनका अनुसार अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरिएकाे छ। तर, ५ जना पदाधिकारी बाहेक सदस्यहरुमा सर्वसम्मत नभएको असन्तुष्ट नेताहरुको जिकिर छ।

नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै समाधान गर्ने बताएका छन्।अधिवेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसगँ छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको बताउँदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने बताए।

उता, पूर्वउपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिवेशन भएको बताउँदै केही त्रुटी भएको हुनसक्ने बताइन्। पूर्वउपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए। अख्तियारले एक प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडबाट उनी पछाडी हटन बाध्य भएका थिए।

Logo