परराष्ट्र मन्त्रालयले भन्यो- ‘चीनले नेपाली भूमि मिचेको छैन’

परराष्ट्र मन्त्रालयले भन्यो- ‘चीनले नेपाली भूमि मिचेको छैन’


चीनले नेपाली भू-भाग अतिक्रमण गरेको समाचारप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली भू-भाग चीनले अतिक्रमण गरेको समाचार प्रकाशित भएपछि मन्त्रालयले त्यसबारे औपचारिक प्रतिक्रिया दिएको हो।

परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति सार्वजनिक गर्दै नेपाल-चीन सीमा निर्धारण सन १९६१ अक्टुबर ५ को सन्धि अनुसार भएको र त्यसमा दुवै पक्षले हस्ताक्षर समेत गरेको जनाएको छ।

कृषी तथा पशुपंक्षी मन्त्रालयको रिपोर्टलाई आधार मान्दै प्रकाशित भएका समाचार सत्य नभएको विज्ञप्तिमा उल्लेख छ। सीमा विवाद भए वार्ता र छलफलद्वारा त्यस्ता समस्याको समाधान खोजिने समेत परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।

चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै फिर्ता ल्याउन मागसहित बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्तावसमेत दर्ता गराएका थिए ।

Logo