राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर, ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर, ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट


राष्ट्रिय वाणिज्य बैंकले नेपालीहरुको महान् चाड बडादशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै दशैं तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जानकारी दिएकाे हाे । बैंकका अनुसार ऋणीहरुले सबै प्रकारका भुक्तानी रकममा उक्त छुट प्राप्त गर्ने छन् ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

Logo