#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31674786972593743998223262211
नेपाल666324291814248061

कोरोनाका कारण भारतमा ४ जनाको मृत्यु

नयाँ दिल्ली ।

भारतमा कोराना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ ।

भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना सङ्क्रमित भएका छन् । ती मध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन् ।

सम्बन्धित समाचारहरु