युएईलाई हराउँदै सिरिजमा नेपालको सानदार सुरुवात, अन्तिम बलमा रोहितको अर्धशतक

युएईलाई हराउँदै सिरिजमा नेपालको सानदार सुरुवात, अन्तिम बलमा रोहितको अर्धशतक


नेपालले त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजमा सानदार विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)माथि नेपालले ७ विकेटको जित दर्ता गरेको हो । 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा युएईले जितका लागि दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । उनले अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । दिपेन्द्रसिंह ऐरीले एक रन लिएर क्रिज छाड्दा नेपाललाई जित्न एक रन चाहिएपनि रोहितलाई अर्धशतक बनाउन ३ रन चाहिएको थियो । जसका लागि उनले चौका प्रहार गर्नेपर्ने थियो । जुन पूरा पनि गरे । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । उनीहरु दुवै नटआउट रहे । 

त्यसअघि पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल १४ रनमा आउट भए । उनलाई । उनी युएईका स्पिनर निलान्श केश्वानीको बलमा कुशल अली नासिरबाट क्याच आउट भएका थिए । त्यस्तै, कुशल मल्ल ११ रनमा रन आउट हुँदा आसिफ शेख मोहम्मद वासिमबाट मिडअनमा २३ रनमा आउट भए । 

May be an image of 8 people and textत्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो । युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । 

त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे ।  

नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । 

नेपालले सिरिजको दोस्रो खेलमा बिहीवार हङकङसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । 

Logo