काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशन स्थगित गर्न माग

काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशन स्थगित गर्न माग


गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य दिपेश खत्रीले एनआरएनएको जारी महाधिवेशन र निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कुन एनआरएनए वैधानिक हो भन्ने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिलेको निर्वाचन रोकिनुपर्ने बताएका हुन् । उनले भने, ‘परराष्ट्र मन्त्रालयले यो चुनाव रोकिदेओस् । किनकी यहाँ बीचमा धेरै चिज गलत भएको रहेछ । दुईवटा एनआरएन हुनहुँदैन भनेर प्रधानमन्त्रीले चार महिनाअघि नै भन्नुभएको रहेछ । त्यो भएन ।’

परराष्ट्र मन्त्रालयले पनि यस विषयलाई गम्भीरताको साथ लिएर निर्वाचन रोक्नुपर्ने उनको भनाई छ । एनआरएनएको अहिलेको महाधिवेशनमा उम्मेदवार बनेकाहरुले हामी मिलिसक्यौं, विवाद छैन भनेर प्रधानमन्त्रीलाई समेत ढाँटेको उनको आरोप छ ।

Skip This
Logo