एसिसी यू-१९ प्रिमियर कपः नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

एसिसी यू-१९ प्रिमियर कपः नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै


आज नेपाल र साउदी अरब बिचमा प्रतिस्पर्धा हुँदैछ। मलेसियामा जारी एसिसी यू-१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। 

सो खेल युएसडी-युकेएम ओभल खेल मैदानमा हुनेछ। सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुँदैछ। यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपाल र साउदी अरब दुबैका लागि ‘मर या गर’ झै अवस्थामा मैदानमा उत्रने छन्। 

समूह ए मा रहेको नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई-दुई खेल जितिसकेका छन्। समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल भने साउदी अरब भन्दामाथी अर्थात शिर्ष स्थानमा रहेको छ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ। देव खनालको कप्तानीमा नेपाली टोली लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको बेला तेस्रो खेलमा जीत हासिल गरेर सेमिफाइनल पुग्ने विश्वास लिइएको छ। 

Skip This
Logo