एसिसी यू १९ प्रिमियर कपमा नेपालले टस हार्यो

एसिसी यू १९ प्रिमियर कपमा नेपालले टस हार्यो


नेपालले मलेसियामा जारी एसिसी यू १९ प्रिमियर कपमा साउदी अरेवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। समूह ए को अन्तिम खेलमा वाईएसडी युकेएम बाँगीमा भएको टसमा साउदी अरेवियाले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हाे।

नेपाललाई ब्याटिङको निम्तो दिएको छ। यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ। समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। साउदी अरेविया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ। 

नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ। समूह ए बाट बहराइन २ अंक र इरान अंक विहीन हुँदै बाहिरिएका छन्। बिहीबार नेपाल र साउदीबीचको विजेता टोली शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो। साउदीले बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको थियो।

Logo