अर्जुनको शतकमा साउदीलाई ३ सय ४८ रनको विशाल लक्ष्य

अर्जुनको शतकमा साउदीलाई ३ सय ४८ रनको विशाल लक्ष्य


एसिसी मेन्स यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबसमक्ष ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि साउदीलाई ३ सय ४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। 

साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले शानदार ब्याटिङ प्रर्दशन गर्यो। नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ४७ रन बनाएकाे हाे। अर्जुन कुमालले १ सय ४२ रनको शानदार इनिङ्समा आकाश त्रिपाठीले ८९ रनको योगदान गरेका थिए। ओपनर दिपक बोहराले २९ रन बनाउँदा दिपक प्रसाद डुम्रे र दिपेश कँडेलले समान १४, मिलन बोहराले ९ रन बनाएका छन्।

कप्तान देव खनाल शुन्य रनमा पवेलियन फर्किएका थिए।

बलिङमा साउदी अरवियाका मोहम्मद अहमद र अहमद राजाले दुई/दुई विकेट लिए । जुहैर मोहम्मद शजिव मुजिबुर रहमानले एकएक विकेट लिए ।समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टिम सेमिफाइनल प्रवेश गर्ने दाउमा छन् ।

Logo