हङकङविरुद्ध नेपालको सानदार सुरुवात, करणले लिए ३ विकेट

हङकङविरुद्ध नेपालको सानदार सुरुवात, करणले लिए ३ विकेट


घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङविरुद्ध सानदार सुरुवात गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले सुरुवातमै हङकङको महत्वपूर्ण ४ विकेट हात पारिसकेको छ । नेपालले पहिलो बलमै विकेट लिएको थियो । नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङकङका कप्तान पनि हुन् ।

त्यस्तै, दोस्रो विकेट पनि करण केसीले नै लिए । उनले हङकङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई ७ रनको ब्यक्तिगत स्कोरमा पेवेलियन फर्काएका हुन् । उनले राथलाई आसिफ शेखद्वारा क्याच गराए ।

हङकङको तेस्रो विकेट सोमपाल कामीले लिए । उनले हङकङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । त्यसपछि करणले नै चौथो विकेट लिए । उनले बाबर हायातलाई ५ रनमा आउट गरे ।  ५ ओभरमा ४ विकेट गुमाएको हङकङले १५ रन जोडेको छ । 

Logo