#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30975747960863743806122576823
नेपाल627974011712945267

उपत्यकाबाट बाहिरिने यात्रुहरु बढे

file photo

काठमाडौं ।
नाेवेल कोरोना  (कोभिड-१९)  भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यका छाड्नेहरुको संख्या बढेको छ ।

शुक्रबार दिउँसोसम्म मात्रै ६८ हजार बढीले उपत्यका छाडेका छन् । महानगरिय ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म उपत्यकाबाट ६८ हजार २ सय २५ जनाले उपत्यका छाडेका छन । सो अवधिमा ११ हजार ६ सय ९० गाडी उपत्यकाबाट बाहिरिएका छन। महानगरिय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख भीम ढकालका अनुसार शुक्रबार सोही समयमा २६ हजार ३ सय ९१ जना यात्रु उपत्यका भित्रिएका छन । बिहिबार  उपत्यकाबाट १ लाख ८४ हजार ५८ जना  बाहिरिएका थिए । प्रमुख ढकालले उपत्यका छोडेर जानेहरुको संख्या बढीरहेको बताए । बुधबार ९५ हजार २ सय ४७ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

शुक्रबार १२ बजेसम्म नागढुंगा नाकाबाट १८ हजार २ सय ६५, भक्तपुरबाट ४७ हजार ४ सय १०, मुड्खुबाट ५ सय ५० र भक्तपुरबाट २ हजार यात्रु बाहिरिएका छन । सरकारले शैक्षिक संस्था तथा चैत महिनामा हुने सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपछि उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको हो । टिकटका लागि बसपार्क पुगेका कतिपय यात्रुहरुले टिकट नै नपाएको गुनासो गरेका छन ।

सम्बन्धित समाचारहरु