#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32411415987742749826723925406
नेपाल693014531843750411

सुनसान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फोटोफिचर)

  • सृजना राई
    काठमाडौं ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ जहाँ सधैँ मानिसको भीडभाड हुने गर्छ । तर, कोरोना भाइरस कोभिड (१९)का कारण अहिले विमानस्थल सुनसान भएको छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले पर्यटक साथै संक्रमण भएका देशबाट आउने नेपालीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको हो ।

सरकारले पर्यटकका लागि दिँदै आएको सम्पूर्ण ‘अनअराइभल भिसा’ मा रोक लगाएको छ । यो सँगै सरकारले तत्कालका लागि विभिन्न मुलुकको श्रमबजारमा जाने कामदारको श्रम स्वीकृतिसमेत रोकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यासमेत घटेको छ । सरकारले श्रम स्वीकृति रोकेपछि कामका लागि विदेशिन तयार भएका सयौं नेपाली कामदारले हवाई टिकट रद्द गरेका छन् ।

त्यस्तै कोरोना भाइरस संक्रमण देशमा रहेका भिसा अवधि सकेका नेपालीलाई समेत नेपाल नआउन विभागले आग्रह गरेको छ । एनआरएनहरुलाई नेपाल प्रवेशमा दिँदै आएको सुविधामा पनि रोक लगाइएको छ । ३० अप्रिल, २०२० सम्मका लागि भन्दै जारी गरिएको सूचनापछि झनै त्रिभुवन विमानस्थल सुनसान देखिन थालेको हो ।

शुक्रबार केन्द्रबिन्दु टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विमानस्थल सुनसान देखियो । एक दुई जनाको संख्यामा विदेशीहरु मात्रै विमानस्थलमा आफ्नो लगेज डोहोर्‍याउदै गरेको देखियो । प्रस्थानस्थलमा यात्रुको चेकजाँचमा सधैँ भ्याइनभ्याई देखिने सुरक्षाकर्मीहरु समेत देखिएका थिएनन् ।

आगमनस्थल झनै शुन्य थियो । सधैँ भरीभराउ हुने प्रतिक्षाकक्ष खाली खाली थियो । दैनिक २० देखि २५ हजारसम्म कारोबार हुने विमानस्थल परिसरका पसलहरु पनि सुनसान थिए । विमान परिसरमा बस्ने हवाई यात्री लक्षित ट्याक्सीचालकहरु समेत कमै संख्यामा थिए । विमानस्थल अरु दिन भन्दा धेरै सफा थियो । त्यस्तै विमानस्थल परिसरमा धमाधम सरसफाई चलिरहेको थियो ।

भोलि राती १२ बजेदेखि थाइल्याण्ड, सिंगापुर र चीन बाहेक सम्पूर्ण उडान बन्द हुने त्रिभुवन विमानस्थलका प्रवक्ता देव चन्द्र कर्णले बताए । साथै ती तीन देशबाट नेपाल आउने विदेशीले स्वास्थ्य परीक्षणको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा बुझाउनु पर्ने पनि बताए ।

त्यस्तै नेपाल आएका विदेशीले सेल्फ (क्वारेन्टाइनमा) बस्नु पर्नेछ । गैरआवासीय नेपाली नागरिकसहितका नेपालीहरुले भने १४ दिनसम्मको होम क्वारेन्टाइनमा बस्नु पर्नेछ । त्यसैले पनि नेपालका लागि पूर्व निर्धारित रुपमा टिकट लिएकाहरुले यात्रा रद्द गरेपछि यसको प्रत्यक्ष असर त्रिभुवन विमानस्थलमा देखिन थालेको हो ।

 

 

तस्वीरहरु : दिपेन्द्र रायमाझी /केन्द्रबिन्दु

सम्बन्धित समाचारहरु

ताजा समाचार