#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32408504987724749580323924977
नेपाल693014531843750411

बलिउडकी चर्चित गायिका कनिका कपूर कोरोना संक्रमित

आफ्ना धमाकेदार गीतबाट सबैको मन जित्न सफल बलिउडकी चर्चित गायिका कनिका कपूर कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । कनिका कपूर कोभिड १९ बाट संक्रमित हुने बलिउडकी पहिलो सेलिब्रेटी हुन् । कनिकालाई लखनऊ कोे केजीएमयू कोे आइसोलेसन वाडर्मा भर्ना गरिएको छ । सोसल मिडियामा पनि कनिकाले यस बारेमा जानकारी दिएकी छिन् ।


गायिका कनिका कपूर मार्च १५ मा लन्डनबाट भारत फर्केकी थिइन् । घर फिर्ता भएपछि कनिकाले एक होटलमा पार्टी पनि दिएकी थिइन् । उक्त पार्टीमा करीब ५०० जना सहभागी भएका थिए । कनिकामा कोभिड १९ पोजेटिभ पाइएपछि कनिकाले आयोजना गरेको पार्टीमा सहभागी हुनेहरुको स्वास्थ्य जाँच गर्न भारतिय स्वास्थ्य विभागले उनीहरुको खोजी गरिरहेको छ ।

उनीहरुमा कोरोनाको संक्रमण देखिएमा उनीहरुलाई क्वारेन्टाइनमा राखिनेछ । गायिका कनिकाबाट पार्टीमा सहभागी भएकाहरुलाई संक्रमण भए उनीहरुले थप संक्रमित बढाउन सक्ने भएकाले उनीहरुको खोजी भइरहेको भारतिय सञ्चार माध्यमहरुले जनाएको छ । उनका ‘बेबी डल, चिटियाँ कलाइँया’ लगायत चर्चित गीतहरु छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार