राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण तय, कार्तिक १४ मा संघीय संसद्‍मा सम्बोधन गर्ने

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण तय, कार्तिक १४ मा संघीय संसद्‍मा सम्बोधन गर्ने


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आउने भएका छन् । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि स्थगित गरिएको उनको भ्रमण अब फेरि हुने भएको हो ।  

संघीय संसद् सचिवालयका अनुसार महासचिव गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।

महासचिव गुटेरेसले लुम्बिनी, सगरमाथा र अन्नपूर्ण आधार शिविरको भ्रमण पनि गर्ने भएका छन् । उनको मुख्य एजेण्डा जलवायु परिवर्तन भएकाले सगरमाथा र अन्नपूर्ण आधार शिविर जान लागेका हुन् । जलवायु परिवर्तनका कारण सगरमाथाको हिउँ अधिक मात्रामा पग्लिरहेको विज्ञहरूले बताइरहेका छन् । साथै, आरोहीहरूले पनि जलवायु परिवर्तनको प्रभाव वर्षेनि देखिएको बताउने गरेका छन् । 

Logo