#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30969064960693744138822566983
नेपाल627974011712945267

कोरोना लक्षित सुपथ पसल सञ्चालनदेखि निर्भया हत्याकाण्ड दोषीलाई फाँसीसम्म (भिडियोेसहित)

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्येसरकारले काठमाण्डौं उपत्यकाका ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको त्राससँगै सर्वसाधारणले अत्यावश्यक खाद्यन्न नपाएको गुनासो बढेपछि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

ट्राफिक प्रहरीले मापसे जाँच तत्कालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई लक्षित गर्दै ट्राफिक प्रहरीले तत्कालका लागि मापसे जाँच स्थगित गरेको हो । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच स्थगित गरिएको जानकारी दिए ।

त्यस्तै नोवेल कोरोना (कोभिड–१९) भाइरस संक्रमणको भयले काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या बढेसँगै बसपार्कमा दशैको झल्को देखिन थालेको छ । कोरोना भाइरसले विभिन्न पेशा र व्यवसायमा प्रत्यक्ष प्रभाव परेपछि गाउँ जानेहरुको संख्या बढ्दै गएको हो ।

विश्व बैंकले नेपाललाई कोरोना भाइरसको प्रभाव कम गर्न कुल २० अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । बैंकले नेपाललाई दुई पटकमा २० अर्ब डलर सहयोग उपलब्ध गराउने छ ।

त्यस्तैगरी भारतले निर्भयालाई बलात्कार गरी हत्या गरेका चार जना दोषीलाई शुक्रबार बिहान फाँसी दिएको छ । विनय शर्मा, पवन गुप्ता, मुकेश सिंह र अक्षय कुमारलाई झुण्ड्याएर फाँसी दिइएको हो ।

सम्बन्धित समाचारहरु