सवारी दुर्घनामा मृत्यु

सवारी दुर्घनामा मृत्यु


त्रिभुवन राजपथअन्तर्गत भैँसे-हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।  

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी-१ बस्ने रमन बस्नेत घाइते भएको र  उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए। 

Logo