#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व66136730671489232141464
नेपाल5041

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली।
कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २६ वर्षीय श्यामकुमार कुँवर र मोटरसाइकलमा सवार अर्का नाम खुल्न नसकेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकरी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार घाइते दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।रासस

सम्बन्धित समाचारहरु