#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा ‘दीप प्रज्वलन’ गरिएको छ ।नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवस तथा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको सम्झनामा शुक्रबार साँझ माइतीघर मण्डलामा ‘दीप प्रज्वलन’ गरेको हो ।कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले द्वन्द्वग्रस्त मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “स्व. कोइराला नेपाली काँग्रेसको मात्र नेता नभएर मुलुककै नेता हुनुहुन्थ्यो”, उनले भने ।नेविसङ्घका महामन्त्री दीपक भट्टराईले लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष कोइरालाले सहमति, सहकार्य र एकताबाट मुलुकलाई अगाडि बढाएको बताउँदै वर्तमान सरकार र राजनीति दलले कोइरालाबाट पाठ सिक्नुपर्ने बताए । मुलुकमा अहिले गिरिजाबाबुजस्ता राजनेताको अभाव खड्किएको उनको भनाइ थियो ।दीप प्रज्वलन कार्यक्रममा सरकारले तोकेको २५ भन्दा कम व्यक्तिको सहभागिता रहेको थियो । वि.सं १९८१ असार १८ गते भारतको विहारमा जन्मिएका कोइरालाको ०६६ चैत ७ गते काठमाडौँमा निधन भएको थियो ।रासस

गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा ‘दीप प्रज्वलन’ गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवस तथा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको सम्झनामा शुक्रबार साँझ माइतीघर मण्डलामा ‘दीप प्रज्वलन’ गरेको हो ।

कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले द्वन्द्वग्रस्त मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । “स्व. कोइराला नेपाली काँग्रेसको मात्र नेता नभएर मुलुककै नेता हुनुहुन्थ्यो”, उनले भने ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष कोइरालाले सहमति, सहकार्य र एकताबाट मुलुकलाई अगाडि बढाएको बताउँदै वर्तमान सरकार र राजनीति दलले कोइरालाबाट पाठ सिक्नुपर्ने बताए । मुलुकमा अहिले गिरिजाबाबुजस्ता राजनेताको अभाव खड्किएको उनको भनाइ थियो ।

दीप प्रज्वलन कार्यक्रममा सरकारले तोकेको २५ भन्दा कम व्यक्तिको सहभागिता रहेको थियो । वि.सं १९८१ असार १८ गते भारतको विहारमा जन्मिएका कोइरालाको ०६६ चैत ७ गते काठमाडौँमा निधन भएको थियो ।रासस

सम्बन्धित समाचारहरु