#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व74023535035548612156588
नेपाल5041

बुटवलमा आइसोलेसन अस्पताल सञ्चालन हुँदै

बुटवल।

रुपन्देहीको बुटवलमा भिन्दै आइसोलेसन अस्पताल सञ्चालन हुने भएको छ । रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको धागो कारखानामा आइसोलेसन अस्पताल सञ्चालन गर्न लागिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको अगुवाइमा २४ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी १०० बेडको आइसोलेसन अस्पताल तयार हुन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनले खाली अवस्थामा रहेका हलको प्रयोग गरी बेड राखेर शनिबार साँझसम्म आइसोलेसन अस्पताल सञ्चालन गर्ने बताए।

अस्पताल सञ्चालनका लागि आवश्यक बेड यहाँंका निजी अस्पतालले उपलब्ध गराउने छन् । अस्पताललाई प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पतालले गर्ने र बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि १०० थान सुरक्षित एप्रोन काठमाडौँबाट ल्याउँदै गरिएको नगरप्रमुखले सुवेदीले जानकारी दिए।

उपमहानगरपालिकाका अनुसार धागो कारखाना परिसरमा अहिले सरसफाइ, रङ्गरोगन र पूर्वाधार निर्माण शुरु भएको छ । सो स्थानमा केही शौचालय निर्माण, विद्युत् जडान तथा रङ्रोगनको काम भइरहेको छ । निर्माण व्यवसायी सङ्घ रुपन्देहीको सहयोगमा धागो कारखाना परिसरमा ३० वटा अस्थायी शौचालय निर्माण हुने बताइएको छ । यसैबीच रुपन्देहीका अधिकांश स्थानीय तहले कोरोनाविरुद्ध सर्तकता अपनाउन साप्ताहिक रुपमा लाग्ने हाटबजार अनिश्चितकालीन रुपमा बन्द गर्ने निर्णय गरेका छन् ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार