#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86096442364640062178538
नेपाल5041

मिरा कार्कीको ‘कसम तिम्रै’ चलचित्र हिट म्यानमा समावेश (भिडियोसहित)

काठमाडौ ।
चलचित्र हिटम्यानमा समावेस गरिएको गायिका मीरा कार्कीको स्वरमा रहेको ‘कसम तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ ।

शनिबार सार्वजनिक गरिएको गीतमा गायिका कार्की र बीबी अनुरागीको स्वर रहेको छ । भने सुमन श्रापितको शब्द र बीबी अनुरागीको संगित रहेको छ ।

नेपाली तथा भोजपुरी चलचित्रमा समेत अभिनय गरी सकेका चर्चित नायक नायक विराज भट्टद्वारा अभिनित चलचित्र ‘हिट म्यान’ प्रर्दशनीको पर्खाइमा रहेको छ । चलचित्र हिटम्यानको निर्देशन तथा प्रस्तुती सुदन धितालले गरेका छन ।

चलचित्रमा विराज भट्टसँगै नायिका भूमिका के.सी, अशोक फुँयालका साथै मुरलीधरको पनि अभिनय रहेको छ ।

त्यस्तैगरी हिटम्यानमा रामकृष्ण चौलागाईंको छायांकन, प्रवल प्रधानको सम्पादन , सुरेश पाण्डेको नृत्य निर्देशन रहेको छ । अन्य कलाकारमा मोहन घिमिरे, दिनेश राज केसी, उषा कार्की, अस्मिता लामा लगायतलाई दर्शकले देख्न सक्नेछन् । गितको भिडियो :

 

सम्बन्धित समाचारहरु