#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73757735000546297156280
नेपाल5041

पोखराकी यी उपप्रमुख, जसले गरिन् एक महिनाको ६५ हजार भाडा छुट

पोखरा ।
कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसको जीवन अस्तव्यस्त हुन थालेपछि आर्थिक संकट गहिरिँदै जान थालेको छ । यसैबीचमा केही दानी मानिस पनि देखिन थालेका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफूले ६५ हजार रुपैयाँमा जग्गा भाडामा दिएकोमा एक महिनाको भाडा नलिने घोषणा गरेकी छन् ।

उनको नाममा पोखरा ६, लेकसाइडको जरेबरस्थित १४ आना जग्गामा हाल एक रेष्टुरेन्ट र फेन्सी संचालित छ । उपप्रमुख गुरुङले चैत महिनाको भाडा नलिने घोषणा गर्दै अन्य घरेबेटीलाई समेत यस अवस्थामा लचिलो बनिदिन आग्रह गरेकी छन् । व्यवसायीले कोभिड–१९ को प्रभावका कारण व्यवसाय चौपट बनेको भन्दै घरभाडा छुट माग गरिरहेका बेला उपपप्रमुख गुरुङबाट सो घोषणा आएको हो ।

उपप्रमुख गुरुङले भनिन्, ‘व्यवसायीलाई एक महिनाको भाडा नलिँदा राहत हुने अपेक्षासहित भाडा मिनाहा गर्ने निर्णय गरेको गरेकी हुँ । यस अवस्थामा आफूले जे सकिन्छ, त्यही सहयोग गर्नुपर्छ ।’ संकट गहिरिँदै गएको अवस्थामा आगामी बैशाख महिनाको भाडा विषयमा पनि विचार गर्न सकिने उनको भनाइ छ ।

स्याङ्जाको पञ्चमूलमा २०१८ मा बाबु ओमप्रसाद र आमा गौरादेवीको कोखबाट जन्मिएकी मञ्जुदेवी गुरुङले ०३८ सालमा वैवाहिक जीवनमा प्रवेशको एक दशक नबित्दै दुर्भाग्यवश श्रीमान् मेखबहादुरलाई गुमाएकी थिइन् । एक छोरा र एक छोरी हुर्काउँदै एकल जीवन बाँचेकी उनी राजनीतिमा सक्रिय रहने क्रममा पोखरा महानगरको उपप्रमुख पदमा निर्वाचित हुन सफल भएकी हुन् ।

व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट

कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा अवस्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ् प्रालिले मलमा रहेका ५०३ सटरमा सञ्चालित २५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा आधा छुट दिने भएको हो । विसं ०७२ असोज २४ गतेदेखि सञ्चालनमा आएको गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सो मलले कोरोनाका कारणले व्यापार व्यवसाय चौपट भएको परिस्थितिलाई मध्यनजर गरी मलभित्रका व्यवसायीलाई केही मात्रामा भए पनि राहत दिनका लागि भाडामा छुट दिने निर्णय गरिएको आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका मलका अध्यक्ष विन्दुकुमार थापाले बताए । मलले सो निर्णयबाट व्यवसायीलाई २५ लाख भाडामा छुट हुने जनाएको छ ।राजधानीबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार