बैतडीमा भीरबाट लडेर दुई जनाको मृत्यु

बैतडीमा भीरबाट लडेर दुई जनाको मृत्यु


बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन् । 

चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेटिएका हुन् । 

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । चन्दको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
 
यस्तै, भीरबाट लडेर पाटन नगरपालिका वडा नं ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका वडा नं २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए । भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

Logo