बेलिङह्यामको गोल वर्षा जारी, रियल विजयी

बेलिङह्यामको गोल वर्षा जारी, रियल विजयी


जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ। मंगलबार भएको खेलमा रियलले स्पोर्टिङ ब्रागालाई २-१ गोलले हराएको हो।

रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए। बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे। योसँगै उनले यो सिजन च्याम्पियन्स लिगका सबै खेलमा गोल गर्न सफल भएका छन्। बेलायती मिडफिल्डरले देश र क्लबका लागि १५ खेलमा १२ गोल गरिसकेका छन्। 

६३ औँ मिनेटमा ब्रागाका अल्भारो जालोले गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा रियल विजयी बन्यो। खेलको अन्त्यतिर भिनिसियस जुनियरको गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो।

समूह सीमा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ। नापोली ६ अङ्कसहित दोस्रो स्थानमा छ। मंगलबार नै नापोलीले युनियन बर्लिनलाई १-० ले हरायो। ३ अङ्कसहित स्पोर्टिङ ब्रागा तेस्रो र अङ्कविहीन युनियन बर्लिन चौथो रहेको छ।

Logo