दसैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै

दसैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै


दसैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन्। यसले गर्दा काठमाडाैँसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ। नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ।

आजदेखि दसैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका छन्। यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन्। विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो।

यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दूरीका सार्वजनिक गाडी दुर्घटना यसपालिको दसैँमा अहिलेसम्म कम भएको जानकारी दिए।

Logo