यूएईविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ

यूएईविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ


त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवाट गरेको छ । उत्कृष्ट सुरुवाट गर्नेक्रममा नेपालले ३ विकेट गुमाउँदै १०५ रन बनाउन सफल भएको छ । नेपालले १०५ रन बनाउने क्रममा कुशल भुर्तेलले बिष्फोटक अर्धशतक बनाउँदै आउट भए । यूएईविरुद्ध अर्धशतक बनाउने क्रममा कुशलले २८ बल खेल्दै ६ चौंका र ३ छक्का प्रहार गर्न सफल भएका थिए । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल अहिले ११ ओभरमा ३ विकेट गुमाउँदै १०५ रन बनाएर खेलिरहेको छ । नेपालका लागि आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए । 

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

युएईको प्लेइङ ११ : मोहम्मद वासिम (कप्तान), एलिशान सराफु, आसिफ खान, बासिल हामिद, अली नासिर, आयन खान, जहुर खान, मोहम्मद जवादुल्लाह, जुनैद सिद्धिक अर्यांश शर्मा र वृत्य अरविन्द ।

Skip This
Logo