‘दसैँ सकियाे, कार्यथलो त फर्कनै पर्यो’

‘दसैँ सकियाे, कार्यथलो त फर्कनै पर्यो’


दसैँका लागि देशका विभिन्न स्थान पुगेकाहरु धमाधम सामान्य दैनिकीमा फर्किन थालेका छन् । दसैँ मान्न काठमाडौं उपत्यका छोडेकाहरु पनि फर्कन थालेपछि अहिले काठमाडौँका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा-नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडकखण्डमा चाप बढेको छ ।

आजदेखि दसैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । तर, सरकारी कार्यालय खुलेपनि भोलि शनिबार परेकाले आज कमै मात्रै यात्रुहरु फर्किएका छन् । भोलिदेखि भने काठमाडौंमा ट्राफिक चाप बढ्ने ट्राफिक प्रहरीको अनुमान छ । 

 

Logo