विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को-को परे?

विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को-को परे?


घरेलु टोली तथा उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार देखी सुरु हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि  रहेका छन् । 

सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टि२० आई सिरिज खेलेका थिएनन्। नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन। अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन्। त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन्।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन्। नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

Logo