#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219276155253445499977090230
नेपाल164233586367752

कोभिड-१९ : ट्रम्पको सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

वासिङ्टन ।

इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईंमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन्।

आइतबार इरानमा थप १२९ जनाको मृत्यु भएको छ । इरानमा कोभिड–१९का कारण अहिलेसम्म एक हजार ६८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाईंमा सहयोग गर्न सक्ने भनाईको जवाफमा सर्वोच्च नेता खामेनीले उक्त प्रतिक्रिया दिएका हुन् ।

एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्वोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भने, “तपाईंलाई कसैले विश्वास गर्दैन । तपाईले इरानमा सहयोगको नाममा ल्याउने औषधी इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन ।”

इरानमा २१ हजार ६३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ विरामीमा सङ्क्रमण देखिएको छ ।

खामेनीले इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्नेबारे दोहोराउँदै र वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाउँदै भने, “हामीले अमेरिकासँग ४० वर्षदेखि कूटनीतिक सम्बन्ध राखेका छैनौँ र उसले इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्छ भन्ने बुझेका छौँ ।” उनले अहिले इरानले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताए ।

हामीले अमेरिकीलाई यही अवस्थामा सहयोगका लागि याचना गर्ने सम्भावना नै छैन । उनले अमेरिकाले अहिले आफ्नो शक्ति नागरिकको सुरक्षाका लागि प्रयोग गर्न सुझाब राष्ट्रपति ट्रम्पलाई दिए ।

अमेरिकी उपराष्ट्रपतिमा कोरोना संक्रमण देखिएन

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उनकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परिक्षण गर्दा कोविड–१९ को संक्रमण नदेखिएको जानकारी दिएका छन् ।

यसअघि उपराष्ट्रपति पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गर्ने बताएका थिए । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार