#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व16748901014741201558371858
नेपाल9081

आजदेखि एक साताका लागि शेयर कारोबार बन्द

काठमाडौं ।
कोरोना संक्रमणका कारण अन्योलमा रहेको सेयर बजार सोमबार (आज) देखि एक साताभर बन्द हुने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइतबारसम्मका लागि शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । बोर्डले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐन अनुसार ५ दिनका लागि शेयर कारोबार बन्द गर्न लागेको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको कारणले मानिस जम्मा हुन तथा शेयरको साफसाफ गर्नसमेत समस्या हुने भएकाले तत्कालका लागि कानुन बमोजिम कारोबार रोका गरिएको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।

“लगानीकर्ता, मर्चेन्ट बैंकर तथा ब्रोकरले आम जनमानसमा देखिएको त्रासका कारण सेयर कारोबार बन्द गराउनुपर्ने माग अनुसार आगामी ५ दिनका लागि शेयर कारोबार बन्द गर्ने निर्णय भएको हो,” ती अधिकारीले भने ।

शेयर कारोबारमा कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै कारोबार बन्द गरिएको उनले बताए । धितोपत्र ऐन ०६३ को दफा ९० मा रहेको बोर्डको विशेष अधिकार अन्तर्गत धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको छ । सोही दफाको आधारमा धितोपत्र बोर्डले आगामी ५ दिनका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो ।कारोबारबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार