इजरायलले भन्याे- ‘गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनाैँ ’

इजरायलले भन्याे- ‘गाजाबाट रिर्पोटिङ गर्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनाैँ ’


इजरायलले गाजा क्षेत्रबाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ। 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो।अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ। 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले यस हप्ता इजरायली सेनालाई गाजाको युद्धभुमीमा रहेका उनीहरूका पत्रकारहरूलाई इजरायली हवाई हमलाले निशाना बनाइने छैन भन्ने आश्वासन दिएका थिए। 

तर, अहिले आईडीएफले दुबै एजेन्सीहरूलाई लेखेको पत्रको जवाफ दिँदै भनेको छ उनीहरू गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गर्दैछन्। यस परिस्थितिहरूमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनन्। उनीहरूलाई हमास माथीको प्रतिवादलाई कडा रूपमा लिनसमेत इजरायलले आग्रह गरेको छ। 

उनीहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने भए पनि अवस्था ठिक नभएको बुझिदिन इजरायलले आग्रह गरेको छ। इजरायलकाे साे पत्रमा हमासले जानाजानी सैन्य कारबाहीलाई पत्रकार र सर्वसाधारणको नजिकमा राखेको पनि रोयटर्सले जनाएको छ।

तर, आईडीएफद्वारा लगाइएका यी आरोपहरू साँचो हो कि भनेर सोध्दा हमासले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ। रोयटर्स र एएफपी दुबैले गाजामा पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन्।

Logo