#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86111342385640168178560
नेपाल5041

कुङफु खेलाडी रुपेशलाई घर हस्तान्तरण

काठमाडौं ।

निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

जर्मनीका तीन नागरिक कोरिन्ना भास ९, डेनियल हान्के ९ र मिचि मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी दिएका हुन् । सो घर निर्माण गर्न करिब ६ लाख रुपैयाँ लागेको छ । भास र डेनियल आरोहणका लागि समय समयमा नेपाल आउने गर्छन् भने मुख्य सहयोगकर्ता मुन्वर्ग नेपालस्थित ट्राभल फर सोल र होप फर नेपाल नामक सामाजिक संस्थामा आबद्ध छन् । सुकमानले रुपेशको निम्न आर्थिक स्थितिबारे जानकारी गराएपछि मुन्वर्गले घर बनाइदिने चासो देखाएका थिए । मुन्वर्गकै अनुरोधमा भास र डेनियल पनि रुपेशलाई सहयोग गर्न अगाडि बढेका हुन् ।

१८ वर्षीय रुपेश उदियमान कुङ्फु खेलाडी हुन् । एघार वर्षको उमेरमै रुपेश कुङफुमा होमिएका थिए । गत फागुन अन्तिम साता बूढानीलकण्ठमा भएको प्रथम राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगितामा रुपेशले आफ्नो स्पर्धामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडीको ट्रफी चुमेका थिए । फुटबलमा पनि रुची राख्ने रुपेश आफ्नो टोलीका गोलरक्षक हुन् ।

यद्यपि आर्थिक स्थिति कमजोर हुँदा प्रतिभाशाली रुपेशलाई खेलकुदबाट टाढा पुर्याउन सक्थ्यो । सोही डरले सुकमानले रुपेशलाई सहयोग गर्ने पहल गरेका हुन् । सुकमानले रुपेशका लागि घर मात्र बनाइ दिएनन् । विगत ७–८ वर्षदेखि उनको परिवारलाई रासनपानीको पनि व्यवस्था गर्दै आएका छन् । रुपेश हाल बुढानीलकण्ठस्थित बूढानीलकण्ठ माविमा कक्षा १० मा अध्ययनरत छन् । उनी एसइइ परीक्षा दिने तयारीमा छन् ।

सम्बन्धित समाचारहरु