#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व102103753458752776214803
नेपाल7061

बुटवल अटो भिलेज बन्द

रुपन्देही ।
नोवेल कोरोना (कोभिड–१९) भाइरसको जोखिमलाई ध्यान दिँदै बुटवल अटो भिलेज सोमबारदेखि बन्द गरिएको छ । बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनको बैठकले चैत २२ गतेसम्म अटो भिलेज बन्द गर्ने निर्णय गरेको हो ।

अन्य देशमा महामारीको रूप लिएको कोरोनाबाट यो ठाउँ पनि उच्च जोखिममा रहेका कारण १३ दिनका लागि बन्द गर्ने निर्णय गरेको बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशन मैनाबगरका अध्यक्ष बाबुलाल पाण्डेले जानकारी दिए ।

बुटवल अटो भिलेज मैनाबगर क्षेत्रमा करिब ६ सय अटो व्यवसायी रहेका छन् ।–रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार