प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघका महासचिव गुटेरेसले गरे भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघका महासचिव गुटेरेसले गरे भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेटवार्ता गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर महासचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् । मन्त्रिपरिषद्को कार्यालयमा उनलाई मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए । 

प्रधानमन्त्री  प्रचण्डसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए । 

महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनी आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने जनाइएको छ । 

Logo